पहिलोपटक सरकार 'महसुस' भयो, नागरिकले पनि 'सहयोग'को हात बढाए !
काठमाण्डौ । धुलिखेलको उकालोमा फसेकी सिन्धुपाल्चोककी ४५ वर्षीया राधिका तामाङको आँखाबाट आँसु बगिरहेका थिए। अविरल वर्षाले अरनिको राजमार्ग बन्द हुँदा उनको परिवारसहितको बस दिनभर सडकमै अलपत्र प¥यो। “बच्चाहरू भोकाएका थिए, पानीसमेत थिएन,” उनी सम्झिन्छिन्। अपरान्ह ४ बजेतिर अचानक उनलाई खबर गरियो । होटल विहानीले निःशुल्क खाना र ओतको व्यवस्था गरेको सुनेपछि उनी भावविह्वल भइन । यो...

