आईतवार, जेष्ठ १७,२०८३ 04:05:48
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 04:05:48
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने
NEWS

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ।    

आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।  उनले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै...

अपर तामाकोशीमा शुक्रबारदेखि आन्दोलन, दोलखाबासी कर्मचारीमाथि विभेद भएको गुनासो
NEWS

अपर तामाकोशीमा शुक्रबारदेखि आन्दोलन, दोलखाबासी कर्मचारीमाथि विभेद भएको गुनासो

काठमाण्डौ । अपर तामाकोशी हाइडोपावर लिमीटेडमा कार्यरत दोलखा जिल्लाबासी स्थानीय करार कर्मचारी संघर्ष समितिले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।  जिल्लाबासी स्थानीय करार कर्मचारी र जिल्लाबाहिरका कर्मचारीहरुलाई कम्पनीले उपलब्ध गराउने सेवासुविधामा विभेद गरिएको भन्दै संघर्ष समितिले विभिन्न माग राखी व्यवस्थापनलाई भदौ २८ देखि असोज ३ गतेसम्मको समयसीमा...

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाइने
ECONOMY& POLITICS

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाइने

काठमाण्डौ । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ।    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार...

प्रत्येक वर्षको वैशाख ७ गते ‘राष्ट्रिय याक दिवस’मनाउने सरकारको निर्णय
NEWS

प्रत्येक वर्षको वैशाख ७ गते ‘राष्ट्रिय याक दिवस’मनाउने सरकारको निर्णय

काठमाण्डौ । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।  याक तथा चौँरीको संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले राष्ट्रिय याक दिवस घोषणा गरेको हो ।  

४२ जिल्लाका ६३ स्थानमा खुल्यो सहुलियत पसल, के–के मा पाइन्छ छुट ?
NEWS

४२ जिल्लाका ६३ स्थानमा खुल्यो सहुलियत पसल, के–के मा पाइन्छ छुट ?

काठमाण्डौ । सरकारले दशैं लक्षित सहुलियत पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि देशका ४२ जिल्लाका ६३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको हो ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २३ गते गरेको निर्णयबमोजिम सहुलियत पसल सञ्चालनमा ल्याएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।  

दुई महिनामा आयो झण्डै रु.१३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
NEWS

दुई महिनामा आयो झण्डै रु.१३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा १२ अर्ब ९८ करोड रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२० प्रतिशतले कम हो । गत आर्थिक को पहिलो २ महिनामा १४ अर्ब ६२ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।  यो वर्षको साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ...

आज देशका यी भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने
NEWS

आज देशका यी भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ।  

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
NEWS

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ । आज दसौं संविधान दिवस मनाइँदैछ । विसं २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर १० वर्ष प्रवेशको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइँदैछ ।सरकारले संविधान दिवसलाई भव्यताका साथ मनाउन घरघरमा झण्डोत्तोलनसहित दिपावली गर्न सबैलाई आग्रह गरेको छ ।

रवि लामिछानेलाई हत्कडी लगाएर अमेरिका उड्ने प्रम ओलीको योजना !
ECONOMY& POLITICS

रवि लामिछानेलाई हत्कडी लगाएर अमेरिका उड्ने प्रम ओलीको योजना !

काठमाण्डौ । प्रधानमन्त्री तथा गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने लगभग निश्चित झै देखिएको छ । 

पूँजीबजारलाई प्राथमिकतामा राखिएको ‘साझा संकल्प र प्रतिबद्धता’ पारित, गतिशील अर्थतन्त्र बनाउने सरकारी उद्घोष
Capital Market

पूँजीबजारलाई प्राथमिकतामा राखिएको ‘साझा संकल्प र प्रतिबद्धता’ पारित, गतिशील अर्थतन्त्र बनाउने सरकारी उद्घोष

काठमाण्डौ । गतिशील अर्थतन्त्रका लागि पूँजीबजारलाई प्राथमिकतामा राख्दै कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकारले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूँजीबजारको सुधार, स्थायीत्व र लगानीकर्ताले बजारमा गरेको लगानी डूब्न नदिने ग्यारेण्टीका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिबद्धतासहितको सरकारको साझा...

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी
NEWS

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डौ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति पाएको छ । काठमाण्डौ जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई पक्राउ पुर्जी गरेको हो ।  अदालतले प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी छ । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
NEWS

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

काठमाण्डौ । दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । असोज ३ गते हुने संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण कार्य गर्नका उक्त क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको हो ।  

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्य मन्त्री पौडेल
ECONOMY& POLITICS

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्य मन्त्री पौडेल

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् ।  ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा बोल्दै पौडेलले आज यस्तो बताएका हुन् ।  

सरकारले २ महिनामा उठायो १.६९ खर्ब राजश्व
NEWS

सरकारले २ महिनामा उठायो १.६९ खर्ब राजश्व

काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनामा १ खर्ब बढी राजश्व संकलन गरेको छ ।  गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारले २ महिनामा १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको हो ।  सरकारले गरेको यो राजश्व संकलन लक्ष्यको ११.५२ प्रतिशत हो । चालू आवमा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजश्व संकलन...

निगमले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने
NEWS

निगमले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने

काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्नो विमानको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।यसका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक), इञ्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखलाई विमान नियमित...

हरियो खुर्सानीको मूल्य ८०% ले बढ्यो, गोलभेडा र भन्टाको भने घट्यो
NEWS

हरियो खुर्सानीको मूल्य ८०% ले बढ्यो, गोलभेडा र भन्टाको भने घट्यो

काठमाण्डौ । हरियो खुर्सानीको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो खुर्सानीको मूल्य ८० प्रतिशतले बढेको छ ।  अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ७५ रुपैयाँ रहेको हरियो खुर्सानीको औषत मूल्य बढेर १३५ रुपैयाँ पुगेको छ । यस्तै आज हरियो खुर्सानी बुलेटको मूल्य पनि ४२ प्रतिशतले बढेर प्रतिकेजी औषत मूल्य १३५ रुपैयाँ...

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
NEWS

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको  छ ।  हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक...

मातृभूमि लघुवित्तको २ दिने राष्ट्रिय सम्मेलन सम्पन्न, ३४ जना कर्मचारीलाई नगद पुरस्कार
NEWS

मातृभूमि लघुवित्तको २ दिने राष्ट्रिय सम्मेलन सम्पन्न, ३४ जना कर्मचारीलाई नगद पुरस्कार

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले २ दिने राष्ट्रिय सम्मेलन सम्पन्नसम्पन्न गरेको छ । संस्थाले भदौ ३० र ३१ गते …Unveiling The Vision: A Transformative Journey With Quality Assurance  नामक राष्ट्रियस्तरको सम्मेलन तिलोत्तमा रुपन्देहीमा सम्पन्न गरेको हो ।  दुई दिने उक्त सम्मलेलनमा संस्थाको सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरु, उच्च व्यवस्थापन, विभागीय प्रमुख, अनुगमन प्रमुख तथा देशभरीकै २३६ वटा...

कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना, सुदूरपश्चिममा भने भारी बर्षा हुने
NEWS

कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना, सुदूरपश्चिममा भने भारी बर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।  हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.