नेप्सेद्वारा साधारण सभा आह्वान, ७५% नगद लाभांश पारित गरिने
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले आफ्नो ४३ औं वार्षिक साधारण सभा डाकेको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते काठमाण्डौमा रहेको नेप्सेको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।