‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’
काठमाण्डौ । प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो शक्ति नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै सेयर बजारका लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ । विगतको तुलनामा आगामी दिनमा स्थिर सरकार बन्ने, नीतिगत स्थिरता हुने र सेयरबजारमैत्री अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुने खबरका कारण लगानीकर्तामा उत्साह देखिएको हो ।