हालसम्मकै उच्च विन्दुमा पुग्यो भारतको सेयर बजार, बजेटअघि नै ८० हजार विन्दु छुने आँकलन
काठमाण्डौ । भारतको सेयर बजारले दैनिक रुपमा नयाँ उचाई छुने क्रम आज पनि जारी राखेको छ । आज भारतको सेन्सेक्स इन्डेक्स र निफ्टी५० ले पुनःनयाँ उचाई हासिल गरेका छन् । यससँगै सेन्सेक्स इन्डेक्स ८० हजार विन्दुको नजिक पुगेको छ । यदि यो बढाई जारी रह्यो भने आगामी बजेटअघि नै सेन्सेक्स इनडेक्स ८० हजारको विन्दुमा पुग्न सक्ने देखिएको छ । बिहिबार सेन्सेक्स इनडेक्स ७९ हजार २४३.१८...