मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि जेठ १८ गते समाप्त हुने
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लक इन अवधि आगामी जेठ १८ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक इन अवधि जेठ १८ गते सकिन लागेको जनाएको हो ।