म्युचुअल फण्ड उपसूचकमा मात्रै हरियाली, १२ फण्डको इकाईमूल्य वृद्धि
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १५.४१ अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९६९ विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक मात्रै चम्किएको छ । नेप्सेमा कुल ३३ वटा म्युचुअल फण्डहरु सूचीकृत छन् । आज १२ वटा फण्डको इकाईमूल्य वृद्धि भएको छ भने १६ वटा फण्डको घटेको छ । त्यस्तै, ५ वटा फण्डको मूल्य भने तटस्थ रहेको छ । म्युचुअल फण्ड...