अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर खरिदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य हुनेछन् ।