सिंगटी हाइड्रोले फागुन २ गतेबाट हकप्रद बिक्री खुला गर्ने
काठमाण्डौ । सिंगटी हाइड्रोले आफ्ना सेयरधनीहरुलाई आगामी फागुन २ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद जारी गर्नेछ।