प्रगतिको पथमा गरिमा विकास बैंकः नाफा १८९% ले वृद्धि, ईपीएस र लाभांश क्षमतामा उल्लेख्य सुधार
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा आकर्षक प्रगति हासिल गरेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार गरेको छ । बैंक उक्त अवधिसम्म खुद ब्याज आम्दानी, नाफा, वितरणयोग्य मुनाफ, लाभांश क्षमता, निक्षेप संकलन, कर्जा प्रवाह र प्रतिसेयर आम्दानी जस्ता मुख्य सूचकहरु बढाउन सफल भएको छ ।...