Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:09:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

Laxmi Sunrise Bank Limited
डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
Shivam Cement

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड 'Excellence in Digital Transactions FY 2081/82'  र 'Excellence in Nepalpay QR Transaction FY 2081/82' बाट सम्मानित भएको छ । आव २०८१/८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी  डिजिटल तथा क्यूआर कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।  

पुस ८ गते, मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरे । समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको बैंकले जनाएको छ ।

Bizshala
New Office
CG Motors

गरिमा विकास बैंक २०८२ भदौमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटीएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.