Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:15:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा १०८% ले वृद्धि, नाफा र ईपीएस समेत बढ्यो

Laxmi Sunrise Bank Limited
गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा १०८% ले वृद्धि, नाफा र ईपीएस समेत बढ्यो
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म आफ्ना प्रमुख वित्तीय सूचकहरुमा प्रगति हालि गरेको छ । उक्त अवधिमा बैंकले ६० करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५५ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत १०८.९२ प्रतिशतले बढेर ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ५.२० प्रतिशतमा सीमित रहेको बैंकको लाभांश क्षमता बढेर १०.२४ प्रतिशत पुगेको छ ।

Bizshala
New Office
CG Motors

बैंकका कस्ट अफ फण्ड ५.४२ प्रतिशतबाट घटेर ३.७६ प्रतिशतमा झरेको छ । खराब कर्जा अनुपात ४.७८ प्रतिशत रहेको बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३८ करोड २४ लाख रुपैयाँ छुट्टाएको छ ।

दोस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन ९१ अर्ब २७ करोड र कर्जा प्रवाह ७२ अर्ब ९४ करोड रहेको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २१.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५३ गुणा र तरलता अनुपात २५.२७ प्रतिशत कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.