गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा २६००% को सुधार, इपीएस कति ?
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा २६ सय प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा २२ लाख २९ हजार रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको कुल आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा ह्वात्तै बढ्न पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी ४७ करोड ७ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा...