IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 07:18:35
IME remit
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा २६००% को सुधार, इपीएस कति ?

Hyundai Nepal
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा २६००% को सुधार, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा २६ सय प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा २२ लाख २९ हजार रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । 

कम्पनीको कुल आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा ह्वात्तै बढ्न पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी ४७ करोड ७ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा ४४३.२७ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको आम्दानी जम्मा ८ करोड ६६ लाख रुपैयाँ मात्रै थियो । 

Shivam Cement
Muktinath Bikas Bank Limited

साथै कम्पनीको व्यवसायमा समेत उत्कृष्ट सुधार देखिएको छ । अघिल्लो आवमा ३ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको गार्डियनले गत आवमा ९८०.२३ प्रतिशतको ग्रोथ गरी ३९ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । व्यवसाय वृद्धिसँगै कम्पनीको दाबी भुक्तानी पनि उल्लेख्य बढेको छ । 

अघिल्लो आवमा जम्मा २६ लाख रुपैयाँ मात्रै भुक्तानी दिएको यो कम्पनीले गत आवमा ३७३१.८४ प्रतिशत बढाएर १० करोड २७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । साथै कम्पनीको चुक्तापूँजी ४२.८६ प्रतिशतले बढेर ७५ करोड रुपैयाँ, बीमा कोषको आकार ८१८.२५ प्रतिशत बढेर २१ करोड ४९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ८३०४.३६ प्रतिशत बढेर ४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती कोषको आकार ३१३४.९० प्रतिशत बढेर ६२ लाख रुपैयाँ कोषमा संचित भएको छ ।

कम्पनीको इपीएस पनि ७.६० रुपैयाँ बढेर ८.०२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ, पीई रेसियो २७३.४५ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४३.४४ रुपैयाँ रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.