Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गार्डियन माइक्रो लाइफको नाफा ३३.६६% ले बढ्यो, इपीएस कति ?

Laxmi Sunrise Bank Limited
गार्डियन माइक्रो लाइफको नाफा ३३.६६% ले बढ्यो, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पौने ७१ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३३.६६ प्रतिशत बढी हो । गत  आवको सोही अवधिसम्म कम्पनीले ५३ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

नाफासँगै कम्पनीको व्यवसाय समेत उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आवमा ५ करोड १३ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यो कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ११ करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस हिसाबले कम्पनीको व्यवसाय ११९.४५ प्रतिशत बढेको छ ।  

Bizshala
New Office
CG Motors

साथै कम्पनीले सो अवधिसम्म ११ करोड ७७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको छ । यो रकम गत आवको तुलनामा २६४.१४ प्रतिशत बढी हो । गत आवको यस अवधिसम्म भने कम्पनीले जम्मा ३ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी दिएको थियो ।  

७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको सो अवधिसम्म बीमा कोषमा ३४ करोड ६४ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ भने महाविपत्ती कोषमा ३२ लाख ९३ हजार रुपैयाँ सञ्चित र रिटेन्ड अर्निङ २ करोड २१ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी ४.०४ रुपैयाँबाट  घटेर ३.७८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १०३.४१ रुपैयाँ र पीई रेसियो ५११।९३ गुणा रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.