सिकलेसमा झेल: सूचना चुहाएर मूल्य बढाए, लकइन खुल्ने बेलासम्म अझै बढाउन बोनससँगै हकप्रदको ललीपप
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा निष्पक्षता हराउँदै गएको छ । बजारमा सूचीकृत रहेका केही कम्पनीहरुको एकपछि एक गर्दै इन्साइडर ट्रेडिङ भइरहँदा बजारप्रति विश्वास घट्न थालेको हो । केही समयअघि सेयरबजारमा फाइनान्स, विकास बैंक र हाइड्रो समूहका केही कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भएको थियो । सम्बन्धित कम्पनीभित्रको संवेदनशील जानकारी सार्वजनिक नभइसकेको अवस्थामा त्यस्ता...