बिहीबार, असार १९,२०८२ 04:25:00
  • बिहीबार, असार १९,२०८२ 04:25:00
Global IME Bank Limited

भद्रगोल कम्पनी: वितरणयोग्य मुनाफा चुक्तापूँजीको झण्डै आधाले ऋणात्मक, नेटवर्थ उस्तै बिजोग, सेयरमूल्य चाहिँ ३०० भन्दा बढी !

Hyundai Nepal
भद्रगोल कम्पनी: वितरणयोग्य मुनाफा चुक्तापूँजीको झण्डै आधाले ऋणात्मक, नेटवर्थ उस्तै बिजोग, सेयरमूल्य चाहिँ ३०० भन्दा बढी !
Nabil Bank Limited

काठमाण्डौ । नकारात्मक कुरा गर्ने कतिपयले भन्ने गर्छन् नेपालको सेयर बजार जूवाघर जस्तै हो । समग्रमा यो कुरा सही नहोला, तर कतिपय कम्पनीको सेयरमूल्य र त्यसको वास्तविक वित्तीय अवस्था हेर्ने हो भने खेलाडीहरुले जे पनि गर्न मिल्ने र सर्वसाधारणलाई सहजै फसाउन मिल्ने नेपालको सेयर बजार साच्चिकैको जूवाघर नै पो हो कि भन्ने कतिपयलाई लाग्नसक्छ ।  

सेयर बजार जूवाघर त होइन, तर कतिपय कमजोर कम्पनी र त्यसमा हुने चलखेलहरुलाई  नियामकहरुले पनि नजरअन्दाज गर्दा जूवाघर भन्दा कम देखिन्न कहिलेकाही ।  

वित्तीय रुपमा टाट पल्टिने अवस्थाबाट गुज्रिरहेको एउटा कम्पनी हो: समृद्धि फाइनान्स । 

CG Motors
Muktinath Bikas Bank Limited

एकपटक टाट पल्टिएर पुनः तंग्रिने प्रयास गरिरहेको यो कम्पनीमा अपेक्षित सुधार हुन सकेको छैन । राष्ट्रबैंकले यो कम्पनीभित्र गडबडका भएका भन्दै उजुरीहरु परेपछि सुक्ष्म ढंगले हेरिरहेको छ । उस्तै परे पुनः टेकओभरसम्म हुनसक्ने अवस्था छ ।  

त्यति मात्र होइन, कम्पनीका पछिल्ला वित्तीय सूचकहरु पनि डामाडोलकै अवस्थामा छन् । तर, यो कम्पनीको दोश्रो बजार मूल्यको कुरा गर्ने हो भने जोकोही चकित पर्नसक्छ ।  

पहिला कुरा गरौं, समृद्धि फाइनान्सको ताजा वित्तीय विवरणको । यो कम्पनीको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ करोड १३ लाख रुपैयाँले खूद घाटामा छ । १ करोड १४ लाख बढी सञ्चालन घाटामा छ ।  

उच्च व्यवस्थापनका अधिकारीहरु व्यक्तिगत स्वार्थ र साना–साना लोनका फाइलमा समेत कमिसनको खेतीपातीमा लाग्दा मुख्य व्यवसाय संकुचित अवस्थामा छ । परिणाम स्वरुप अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म ४ करोड ४६ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर समीक्षा अवधिमा ३ करोड ५८ लाखमा सीमित बन्न पुगेको छ ।  

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसाले नेगेटिभ छ ।  

कुल ८१ करोड ८९ लाख चुक्तापूँजी रहेको यो कम्पनीको दोश्रो त्रैमाससम्मको वितरणयोग्य नाफा ४८ करोड बढीले ऋणात्मक छ ।  

प्रतिसेयर नेटवर्थ ७० रुपैयाँको हाराहारीमा मात्र छ ।  

तर, दोश्रो बजारको सेयरमूल्य नि ? कुरै नगर्नुस् । यो कम्पनीको सेयरमूल्यमा कम्पनीकै उच्च अधिकारी र सेयर खेलाडीहरुले लामो समयदेखि खेल्दै आएका छन् । फलस्वरुप अहिले पनि समृद्धि फाइनान्सको दोश्रो बजार मूल्य प्रतिकित्ता रु. ३०० भन्दा बढी छ ।  

यो कम्पनीको सेयरमूल्य जनवरी १६ मा बढाएर प्रतिकित्ता ३३५ रुपैयाँसम्म पुर्याइएको थियो ।  

दोश्रो बजारमा यो कम्पनीको ८१ लाख ८९ हजार ११४ कित्ता सेयर सूचीकृत छन् । ठूला वित्तीय संस्थाको तुलनामा सेयरको सप्लाई कम भएका कारण समृद्धि फाइनान्सको मूल्यमा सधैं खेल हुने गरेको छ ।  

समृद्धि फाइनान्सभन्दा धेरै राम्रो अवस्थामा रहेका वाणिज्य बैंक र विकास बैंकहरुको सेयरमूल्य २०० रुपैयाँभन्दा तल छ । तर, खेलाडी र कम्पनीकै उच्च अधिकारीहरुको राम्रो गठजोडको प्रभावले समृद्धि फाइनान्सको मूल्य भने लामो समयदेखि प्रतिकित्ता ३०० रुपैयाँभन्दा माथि छ ।  

लगानीकर्ता पनि कम्पनीको अवस्थाको विषयमा पर्याप्त अध्ययन नै नगरी अरुले भनेको भरमा संस्थागत कुशासनले जेलिएको र आर्थिक रुपमा चौपट कम्पनीको सेयर निस्फिक्री किनिरहेका छन् ।  

समृद्धि फाइनान्सका एक उच्च अधिकारीले कम्पनी वित्तीय रुपमा डामाडोल हुँदा समेत सेयरमूल्य माथि रहनुलाई आफूले आश्चर्यको रुपमा हेरेको दाबी गर्छन् । ‘प्रतिसेयर नेटवर्थ नै ७०–७५ को हाराहारीमा छ । अब लगानीकर्ता त्यही चिजलाई ३०० भन्दा बढी मूल्य हाल्छन् भने हाम्रो केही भन्नुछैन । हामी कम्पनीकै मान्छे पनि नेपालको सेयर बजार र लगानीकर्ता देखेर बेला–बेला चकित पर्छौ ।’ ती अधिकारीले भने ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.