शुक्रबार, असार २०,२०८२ 12:34:27
  • शुक्रबार, असार २०,२०८२ 12:34:27
Global IME Bank Limited

नेपाल फाइनान्समा लोअर सर्किट, ‘चलखेल गर्नेको शैली फेरियो, नियामक रमिते’

Hyundai Nepal
नेपाल फाइनान्समा लोअर सर्किट, ‘चलखेल गर्नेको शैली फेरियो, नियामक रमिते’
Nabil Bank Limited

काठमाण्डौ । चरम चलखेलसँगै योजनाबद्ध ढंगले मूल्य बढाइएको नेपाल फाइनान्सको दोश्रो बजार मूल्यमा साताको अन्तिम कारोबार दिन बिहीबार भने लोअर सर्किट लागेको छ ।  

कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्दै लोअर सर्किट लागी ९२९.७० रुपैयाँ प्रतिकित्तामा सीमित बन्न पुगेको हो ।  

नियोजित ढंगले केही दिनसम्म लगातार अपर सर्किट लगाइएको यो कम्पनीको सेयरमा चलखेल गर्ने खेलाडीहरुले प्रफिट बुक गर्ने क्रम देखिएसँगै बिक्रीको चाप ह्वात्तै बढेर नेगेटिभ सर्किट लागेको हो । योसँगै बिहीबार एकैदिन नेपाल फाइनान्सको सेयरमूल्य प्रतिकित्ता १०३.३० रुपैयाँले घटेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

 

नेपाल फाइनान्सको प्रमुख वित्तीय सूचकहरु नकारात्मक हुँदा हुँदै पनि खेलाडीहरुले योजनाबद्ध ढंगले मूल्य बढाइरहेका थिए । जसका कारण बिना कुनै कारण यो कम्पनीको सेयरमूल्य चलखेल गरी दुई सातामै ६०१ रुपैयाँबाट १०३३ रुपैयाँसम्म पुर्याइएको थियो । एक महिना अगाडि भने यो कम्पनीको दोश्रो बजारमूल्य ५०६ रुपैयाँ प्रतिकित्तामा सीमित थियो ।  

विश्लेषकहरुले नेपाल फाइनान्समा भइरहेको चलखेलको भण्डाफोर हुन थालेपछि आफू सुरक्षित हुन खेलाडीहरुले बिक्री बढाई प्रफिट बुक गर्न थालेपछि बिहीबार नेगेटिभ सर्किट लागेको बताएका छन् । यो कम्पनीको सेयरमूल्य बिनाकारण र आधार निकै माथि पुर्याइएकोले अझै घट्नसक्ने उनीहरुको दाबी छ ।  

नेपाल फाइनान्समा मात्र नभई कमजोर वित्तीय अवस्थाका लो क्यापका कम्पनीहरुमा पछिल्लो समय चर्को चलखेल भइरहेको छ । फेक फेसबुक आइडी बनाएर कम्पनीको नामै तोकी यति र उति पुर्याउने भन्दै खेलाडीहरुले चलखेल गरिरहँदा समेत धितोपत्र बोर्ड वा अन्य नियामक रमिते मात्र बनेका छन् । उनीहरुले यस्ता गिरोह वा त्यसका सदस्यहरुको पहिचान गर्नसक्ने सहजै अवस्था हुँदा हुँदै पनि मौनता साँध्नुले सम्बद्ध पक्षका प्रतिनिधिहरुको समेत मिलेमतोमा बजारलाई दूषित बनाउने र सर्वसाधारणलाई भ्रममा पारी आफू कमाउने खेल भइरहेको आशंका गर्ने ठाउँ दिएको छ ।  

चलखेल गर्नेको शैली बदलियो

हिजोको दिनमा फाइनान्स वा जलविद्युत कम्पनीको नामै तोकेर यति र उति मूल्य पुर्याउँछु भन्ने व्यक्ति र तिनैको नेतृत्वको गिरोहले नै अहिले पनि चलखेल गरिरहेको स्रोत बताउँछ । तर, कारबाहीमा परिने डरले त्यस्ता व्यक्ति वा समूहले अहिले शैली परिवर्तन गरेका छन् । उनीहरु हिजोआज सोझै आफ्नो नामबाट भन्दा पनि फेक फेसबुक आइडी बनाएर कम्पनीहरुको खुलेआम प्रचारप्रसारमा लागेका देखिन्छन् ।  

उदाहरणका लागि ‘तिनदिने कारोबारी’ नामको एउटा फेसबुक आइडीलाई लिन सकिन्छ । यो फेसबुक आइडीबाट बिहीबार बिहानै नेपाल फाइनान्सको विषयमा पोस्ट लेखिएको छ । सेयर बजारका लगानीकर्ता बढी इन्गेज हुने फेसबुक ग्रुपहरुमा सो आइडीबाट गरिएको पोष्टमा नेपाल फाइनान्सको सेयर १२०० देखि १५०० सम्ममा किन्नेको तक्दिर बदलिने दाबी गरिएको छ । यो सेयर किन्दा पैसा छाप्न सकिनेसम्मको प्रलोभन पोस्ट भएको छ । गोर्खाज फाइनान्सको समेत उदाहरण दिइएको छ। विगतमा त्यही गिरोहले गोर्खाज फाइनान्समा समेत यसैगरी चलखेल गरी मूल्य बढाएको थियो ।  

अझ त्यो पोष्टमा भनिएको छ–‘नेपाल फाइनान्स २५०० प्लस नै जाला, मुटु मर्दको हुनेले किन्छ, कमाउँछ । बजारमा जेमा पनि रिस्क हुन्छ, जुन एनएफएस धेरै सस्तो छ, अहिले पनि लेट्स बाई एण्ड होल्ड फर २ मन्थ्स....।’

भारत लगायतका सेयर बजारका नियामकहरुले बजारमा लगानीकर्ताको निर्णयमा प्रभाव पार्ने गरी हुने यस्ता पोस्टहरुमा कडा कारबाही गर्ने गर्छन् । यस्ता फेसबुक आइडीको पहिचानदेखि लिएर ब्लक गर्नेसम्मको काम हुन्छ, दोषीलाई जेल हाल्नेसम्मको कारबाही हुन्छ । तर, नेपालमा भने यस्ता आइडी बनाउनेहरुको सहजै पहिचान गर्न सकिने वा यस्ता आइडी ब्लक गर्नसकिने अवस्था हुँदाहुँदै पनि नियामक धितोपत्र बोर्ड वा अन्य सम्बद्ध पक्ष मौन बस्ने गरेको छ ।  

धितोपत्र बोर्डको यही कमजोरीको फाइदा उठाउँदै चलखेल गर्नेहरुले कमजोर कम्पनीको मूल्य अस्वभाविक र अप्राकृतिक ढंगले उचालेर सेयर बजारलाई जूवाको खाल बनाइरहेको गुनासो लगानीकर्ताहरुले गर्ने गरेका छन् । बोर्ड वा नेप्से भने निश्चित व्यक्तिले सेयर बजारलाई जूवाको खाल बनाइरहेको दृश्य चूपचाप रमिते बनेर हेरिरहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.