जापानको सफ्टबैंकले इन्टेलमा २ बिलियन डलर लगानी गर्ने
काठमाण्डौ । जापानको सफ्टबैंकले अमेरिकी कम्पनी इन्टेलमा २ बिलियन डलर लगानी गर्ने घोषणा गरेको छ । सफ्टबैंकले इन्टेलको साधारण सेयर प्रतिकित्ता २३ डलरमा खरिद गर्ने भएको हो । कम्पनीको सेयरमूल्य सोमबार प्रतिकित्ता २३.६६ डलरमा बन्द भएको थियो । विस्तारित कारोबारमा कम्पनीको सेयरमूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता २५ डलर पुगेको छ । सफ्टबैंकले इन्टेलको २ प्रतिशत स्वामित्व खरिद...