सानिमा बैंकको वितरणयोग्य मुनाफा ९२.१३% ले वृद्धि , लाभांश क्षमता २०.४७% पुग्यो
काठममाण्डौ । सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ९२.१३ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा यस्तो रकम १ अर्ब ४४ करोड रुपैयाँमा सीमित थियो । यससँगै बैंकको लाभांश दिने क्षेमता समेत वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६६ प्रतिशत मात्रै...