बिहीबार, श्रावण १,२०८२ 02:15:05
  • बिहीबार, श्रावण १,२०८२ 02:15:05
Global IME Bank Limited

यस आर्थिक वर्षमा २१.२४% ले बढ्यो नेप्से, कस्तो रहला आगामी आव ?

Hyundai Nepal
यस आर्थिक वर्षमा २१.२४% ले बढ्यो नेप्से, कस्तो रहला आगामी आव ?
Shivam Cement

काठमाण्डौ । आर्थिक २०८१/८२ सेयर लगानीकर्ताहरुको लागि औषत रह्यो । यस आर्थिक वर्षको सुरुवातमा नेप्से परिसूचक २३०३ विन्दुमा बन्द भएको थियो । त्यसको एक महिनामानै ७ सय अंक भन्दा बढी बढेर बजार  साउन ३० गते ३ हजारको विन्दुमा बन्द भएको थियो ।  

त्यसपछि तीन हजारको विन्दुबाट खसेर बजार असोज ८ गते २४४० विन्दुसम्म पुगेको थियो । त्यसपछि  बजारमा सुधार आउदा यस आर्थिक वर्षको अन्त्यमा अर्थात असार ३२ गते बजार २ हजार ७९५ को विन्दुमा बन्द भएको छ । यस हिसाबले नेप्से परिसूचकमा यो आर्थिक वर्षमा २१.२३ प्रतिशतको सुधार आएको छ ।  

यो आवमा १३ वटा उपसमूहमध्ये अन्य समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाए । यो अवधिमा अन्य उपसमूहका लगानीकर्ताले ३८ प्रतिशत र लगानी समूहकाले ३५.६२ प्रतिशत आम्दानी गरेका छन् । यो समयमा सबै भन्दा कम सामूहिक लगानी कोषका लगानीकर्ताहरुले १ प्रतिशत भन्दा कम आम्दानी गरेका छन् भने फाइनान्स समूहका लगानीकर्ताहरुले ४.३२ प्रतिशतले गुमाएका छन् ।  

त्यसैगरि यो समयमा वाणिज्य बैंकका लगानीकर्ताहरुले करिब २४ प्रतिशत , विकास बैंकका लगानीकर्ताहरुले ३३.५० प्रतिशत , जलविद्युतका लगानीकर्ताहरुले २४ प्रतिशतले आम्दानी गरेका छन् ।  

Muktinath Bikas Bank Limited

यो आर्थिक वर्षको सुरुवातमा बजार पूँजीकरण ३६ खर्ब ६६ अर्ब रहेकोमा आवको अन्त्यमा ४६ खर्ब ५६ अर्ब पुगेको छ । यस हिसाबले यो आर्थिक वर्षमा बजार पूँजीकरण १० खर्बले बढेको छ ।  

कस्तो रहला आगामी आर्थिक वर्ष ?

अहिले पूँजीबजारमा लाग्ने धेरै लगानीकर्ताहरुको जिज्ञासा भनेको अबको बजारको सम्भावना कस्तो भन्ने नै हो । लगानीकर्ता पछिल्लो समय ३२ सयको विन्दुमा एकपटक र त्यसपछि तीन हजारको विन्दुमा एकपटक फेरि लगानीकर्ता फसेको देखिन्छ । गत साउन महिनादेखि ठीक एक वर्ष सेयर बजार साइडवेजमा चलेको देखिन्छ । त्यसो त यो बीचमा सेयर बजारमा सुधार नआएको भने होइन ।

तथ्यांकको आधारमा नियाल्दा सबै क्षेत्र नै २० प्रतिशत भन्दा बढीले नै बढेको देखिन्छ भने नीर्जिवन बीमा र उत्पादन तथा प्रशोधन समूह सबै भन्दा कम बढेको देखिन्छ ।  

सबै भन्दा बढी उतारचढाव वित्त समूहमा देखिन्छ । बजार जानकारहरुका अनुसार यस वर्षको लचक मौद्रिक नीति समयम नै आउनु , तल्लो विन्दुमा ब्याजदर हुनु , लगानीका अन्य क्षेत्र नहुनु जस्ता कारण आगामी आर्थिक वर्षमा सेयर बजारले हालसम्मकै उच्च विन्दु ३२ सयलाई ब्रेक गर्ने सम्भावना रहेको छ । यस हिसाबले आगामी आर्थिक वर्ष सेयरबजारको लागि अर्को ऐतिहासिक वर्ष हुने जानकारहरुको मत रहेको छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X