सोमबार, चैत्र २३,२०८२ 03:08:24
Bizshala
  • सोमबार, चैत्र २३,२०८२ 03:08:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

Bizshala
ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पुस  १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ ।  

बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ÷संस्थासँगको सहकार्यमा १८ हजार बृक्षारोपण गर्नेछ ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको शुभारम्भ गरेका हुन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बृक्षारोपण कार्यक्रम चालु आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरु रोपण गर्ने जानकारी दिए ।  

‘रुखविरुवा प्रकृति संरक्षणको महत्वपूर्ण पाटो हो । बृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाई राख्न, पहिरो रोक्न, पानीको श्रोत जोगाउन सहयोग पुर्याउँछ,’ उनले भने ।  

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.