आईतवार, जेष्ठ १७,२०८३ 03:22:33
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 03:22:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंकहरुको विषयमा भ्रम फैलाउनेमाथि कडा कारबाहीको माग, ‘सबै बैंक सुरक्षित छन्’

Laxmi Sunrise Bank Limited
बैंकहरुको विषयमा भ्रम फैलाउनेमाथि कडा कारबाहीको माग, ‘सबै बैंक सुरक्षित छन्’
Shivam Cement

काठमाण्डौ । बैंकिङसँग सम्बन्धित चार संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम फैलाइएको भन्दै सर्वसाधारणलाई त्रसित पारी समाज खलबल्याउनेहरुमाथि कडा कारबाही गर्न माग गरेका छन् ।  

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आम–सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारलाई आह्वान गरेका हुन् । 

Bizshala
New Office
CG Motors

नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति/नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको उनीहरुले प्रष्ट्याएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

 ‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।’ विज्ञप्तिमा भनिएको छ–‘यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

यस संघहरुसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सूरक्षण कोषमार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं ।’  

यी संघसंस्थाले सामाजिक सञ्जालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिन  र सम्बधित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना/समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिइदिन समेत आह्वान गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.