बिहीबार, असार १९,२०८२ 09:12:53
  • बिहीबार, असार १९,२०८२ 09:12:53
Global IME Bank Limited

गणपति लघुवित्तद्वारा सदस्यलाई सदस्य सिप विकास तालिम प्रदान

Hyundai Nepal
गणपति लघुवित्तद्वारा सदस्यलाई सदस्य सिप विकास तालिम प्रदान
Nabil Bank Limited

काठमाण्डौ । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उदेश्यले फरक फरक शिर्षकका दुई वटा एक दिवशिय तालिम सम्पन्न गरेको छ ।

शाखा कार्यालय गोबरडिहा दाङले एक दिने तरकारी खेती तालिम तथा बीउ बिजन वितरण कार्यक्रम गोबरडिहामा सम्पन्न गरेको छ । संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाको प्रमुख आतिथ्यता र शाखा प्रबन्धक पबित्रा गिरिको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सम्बन्धित बिषयविज्ञ रविता कुमारी यादवले दिएकी थिइन् । 

उक्त तालिममा कर्जा असुली तथा जोखिम व्यवस्थापन विभागका कामु अधिकृत गोकुल पाण्डे अतिथिको रुपमा उपस्थित थिए भने कार्यक्रमको सञ्चालन तथा समन्वय सहायक प्रकाश भण्डारीले गरेका थिए । उक्त तालिममा ३४ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैगरी, शाखा कार्यालय सल्यानटार धादिङले पनि एक दिने व्यवसायिक बाख्रा पालन तालिम सल्यानटारमा सम्पन्न गरेको छ । शाखा प्रबन्धक प्रकाश खनालको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सल्यानटारका पशु चिकित्सक जेटिए नविन बसौलाले दिएका थिए । २५ जना सदस्यहरुको सहभागीतामा उक्त तालिम सम्पन्न भएको थियो । तालिमको सञ्चालन तथा समन्वय सुपरिवेक्षक महेश बोहराले गरेका थिए ।

दुवै तालिमका सहभागीहरुलाई प्रमाणपत्रको समेत व्यवस्था  गरिएको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.