बुधबार, असार १८,२०८२ 11:27:05
  • बुधबार, असार १८,२०८२ 11:27:05
Global IME Bank Limited

नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘राजनीतिक विषय मुख्य कारण’

Hyundai Nepal
नेप्सेमा उच्च अंकको गिरावट, जानकार भन्छन्, ‘राजनीतिक विषय मुख्य कारण’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.६४ प्रतिशत अर्थात ४६.३३ अंकले घटेर २ हजार ७७२.१० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले घटेर ४६३.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड २६ लाख ९१ हजार ४५३ कित्ता सेयर १० अर्ब ७ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार सुमन कुमार रिजाल भन्छन्,  ‘राजावादीको प्रदर्शनका कारण आज बजारमा केही दबाब परेको छ । यो राजनीतिक कारण भएको र यही कारण बजार धेरै दिनसम्म घट्दैन,’ उनले भने ।  

बजारलाई १० अर्बमाथिको कारोबारको साथ भएकाले उनले अहिले बजार जसरी घटिरहेको त्यसरी नै बढ्ने बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टका अनुसार २५० भन्दा बढी अंकले बढेको बजारमा केही अंक घटुनु सामान्य नै हो । ‘अझै एक दुई दिन बजार घटेपनि त्यो पनि सामान्य करेक्सन नै हुने र बजारले पुनः लय समात्ने छ,’विष्टले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज अन्य समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.६९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.३६ प्रतिशत, विकास बैंक १.७१, फाइनान्स १.८७, होटल ०.८३,हाईड्रो १.६६, लगानी २.४९,जीवन बीमा १.७४,उत्पादन तथा प्रशोधन ०.९१, लघुवित्त १.५८,म्युचुअल फण्ड १.०४, निर्जीवन बीमा १.२६ र व्यापार समूह ०.८१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब १२ करोड ४८ लाख बढीको कारोबार भयो । नेपाल पुर्बीमाको पनि आज ५९ करोड ९८ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ५५ करोड ९ लाख,गार्डियन माइक्रो लाइफको ४५ करोड ५६ लाख र सिईडिबी होल्ङिग्सको ३० करोड ५९ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफ,आईसीएफसी फाइनान्स डिबेञ्चर २०८८ र भूगोल इनर्जीको ९.९९ प्रतिशतले बढ्यो ।  

उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । राप्ती हाईड्रोको सेयरमूल्य पनि आज ९.८७ प्रतिशत र समाज लघुवित्तको सेयरमूल्य ७.२८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.