आईतवार, चैत्र २२,२०८२ 06:16:41
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 06:16:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड, १७.७१ लाख आवेदकको हात खाली

Bizshala
क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड, १७.७१ लाख आवेदकको हात खाली
Shivam Cement

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत फागुन २२ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।  

उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे बाँडफाँड सम्पन्न भएको हो । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिमार्फत आईपीओ बाँडफाँड भएको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।  

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ आवेदकबाट २ करोड २७ लाख ३९ हजार ६५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसमध्ये १९ लाख ५५ हजार ६८५ आवेदन सदर भएको र १० हजार १२६ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।  

यसरी कुल सदर आवेदकबाट २ करोड २५ लाख ८४ हजार ७७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १७ लाख ७१ हजार १८५ सदर आवेदकको हात भने खाली भएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.