मंगलवार, पुष १,२०८२ 03:26:32
Bizshala
  • मंगलवार, पुष १,२०८२ 03:26:32
Bizshala
Global IME Bank Limited
Bizshala

अन्तरिक्षमा सोलार स्टेशन निर्माण गर्दै चीन, असीमित उर्जा उत्पादन हुने

Hyundai Nepal
अन्तरिक्षमा सोलार स्टेशन निर्माण गर्दै चीन, असीमित उर्जा उत्पादन हुने
Shivam Cement

काठमाण्डौ । चीनले अन्तरिक्षमा सोलार स्टेशन निर्माण गर्ने भएको छ । चाईनिज एकेडेमी अफ इन्जिनियरिङ(सीएई)का सदस्य तथा रकेट वैज्ञानिक लङ लिहाओले चीनले अन्तरिक्षमा सोलार स्टेशन निर्माणबारे योजना बनाईरहेको बताएका हुन् ।  

अन्तरिक्षमा आधारित सोलार पावर(एसबीएसपी)स्टेशनले प्यानलहरुमा सौर्य किरणलाई केन्द्रित गर्न ठूला ऐनाहरुको प्रणालीको प्रयोगबाट काम गर्ने जनाइएको छ । जसपश्चात यसले विद्युत उत्पादन गर्नेछ । यस्तो विद्युतलाई माइक्रोवेभ रेडियसनमा परिणत गरिने र पृथ्वीमा जडान गरिएको एन्टीनामा पठाइने छ ।  

CG Motors
Garima Development Bank
Bizshala

एसबीएसपी प्यानल आम सोलार प्यानलभन्दा धेरैनै भरपर्दो हुने र यसलाई मौसमको अवस्था र रातको समयले समेत प्रभाव नपार्ने जनाइएको छ । पृथ्वीमा भन्दा अन्तरिक्षमा सूर्यको ताप बढी हुने हुँदा यसले भूमिगत प्यानलभन्दा बढी विद्युत उत्पादन गर्न सक्छ ।  

नासाले हालै गरेको एक अध्ययनअनुसार अन्तरिक्षमा आधारित सोलार पावरले एक वर्षका लागि ९९ प्रतिशत उर्जा उत्पादन गर्न सक्छ । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

लङ लिहाओले यसरी एक वर्षमा संकलन गरिने उर्जा पृथ्वीमा मौज्जाद रहेको कुल तेलबराबर हुने दाबी समेत गरेका छन् । चीनको यो योजना सफल भयो भने नविकरणीय उर्जाको क्षेत्रमा क्रान्तिकारी सफलता हुने जनाइएको छ । तर यो योजना सफल हुनमा केही कठिनाईहरु आउन सक्ने जनाइएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.