काठमाण्डौ । सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण मोडलमा अघि बढाउने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा आगामी आवका लागि बजेट पेश गर्दै यस्तो बताएका हुन् ।
यस्तै, उनले तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी र तल्लो मोदी जस्ता आयोजनाहरूको निर्माणलाई तीव्रता दिने समेत बताए ।

