बुधबार, असार १८,२०८२ 05:02:06
  • बुधबार, असार १८,२०८२ 05:02:06
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको नाफा ३७.१२% ले बढ्यो, वितरणयोग्य मुनाफा ३.५४अर्ब

Hyundai Nepal
ग्लोबल आइएमई बैंकको नाफा ३७.१२% ले बढ्यो, वितरणयोग्य मुनाफा ३.५४अर्ब
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो ।  

बैंकले समीक्षा अवधिसम्म १२ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ३९.१५ प्रतिशतले बढेर १२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५० करोड ६७ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङको आकार बढेर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकको रिजर्भको आकार २४ अर्ब ७७ करोडबाट घटेर २४ अर्ब ४५  करोड रुपैयाँमा सीमित बनेको छ । इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ११ करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशत रहेको छ ।  

यस्तै बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको वितरणयोग्य मुनाफा ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२.०४ रुपैयाँ रहेको छ । 

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १५.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.७९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७०९.२० र तरलता अनुपात ३३.०३ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.