बुधबार, असार १८,२०८२ 08:27:41
  • बुधबार, असार १८,२०८२ 08:27:41
Global IME Bank Limited

सगरमाथा आरोहणका लागि ४ सय बढीले लिए अनुमति, ७ हजार मिटरसम्म बाटो बन्यो

Hyundai Nepal
सगरमाथा आरोहणका लागि ४ सय बढीले लिए अनुमति, ७ हजार मिटरसम्म बाटो बन्यो
Nabil Bank Limited

काठमाण्डौ । विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्नका लागि ४ सय बढीले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार आइतबारसम्म ५३ देशका ४०२ आरोहीले अनुमति लिएका हुन् ।  

यी मध्ये ४१ आरोही समूह छन् । जसमा ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल ४१४ जनाले अनुमति लिएका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

सगरमाथा आरोहणको मुख्य सिजन वैशाख र जेठ महिनालाई मानिन्छ । सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविर ७ हजार मिटरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । यसपटकको आरोहणको सुरुआत हुने बाटो बनाउने जिम्मा पाएको एटके कम्पनीले पाएको छ । तेस्रो शिविरसम्म बाटो बनेको र अब  १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने कम्पनीले जनाएको छ ।  

सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ ।

यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.