काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.८९ रुपैयाँ र बिक्रीदर १३५.४९ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।
आज यूरो र पाउण्डको मूल्य भने घटेको छ । एक यूरोको खरिददर आज १५२.९३ रुपैयाँ र बिक्रीदर १५३.६१ रुपैयाँ कायम छ । अघिल्लो दिन एक युरोको खरिददर १५३.४६ रुपैयाँ र बिक्रीदर १५४.१४ रुपैयाँ कायम थियो ।
यस्तै आज एक पाउण्डको खरिददर १७९.९६ रुपैयाँ र बिक्रीदर १८०.७६ रुपैयाँ कायम छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १८०.२७ रुपैयाँ र बिक्रीदर १८१.०७ रुपैयाँ कायम थियो । एक अष्ट्रेलियन डलरको खरिददर ८६.२७ रुपैयाँ र बिक्रीदर ८६.६५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५५ रुपैयाँ र बिक्रीदर १८.६३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२६ रुपैयाँ र बिक्रीदर ३१.४० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०१ रुपैयाँ र बिक्रीदर ३७.१६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५०५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.७६ रुपैयाँ र बिक्रीदर ४४१.७२ रुपैयाँ कायम भएको छ ।