Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:16:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खर्च नियन्त्रण गर्न नसक्दा आम्दानी बढेता पनि स्टार माइक्रो इन्स्योरेन्सको नाफामा ८९% को गिरावट

Laxmi Sunrise Bank Limited
खर्च नियन्त्रण गर्न नसक्दा आम्दानी बढेता पनि स्टार माइक्रो इन्स्योरेन्सको नाफामा ८९% को गिरावट
Shivam Cement

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवघिसम्ममा १० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ८९.०९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ९३ लाख २२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

गत त्रैमासको त्लनामा यस त्रैमासमा खुद बीमाशुल्क आर्जन भने ७८२.४१ प्रतिशतले बढेर ३ करोड ५७ लाख पुगेको छ । यस्तै कम्पनीको कुल आम्दानी ४ करोड १८ लाखबाट बढेर ८ करोड ७८ लाख पुगेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनी खर्च नियन्त्रण गर्नमा भने असफल देखिएको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ८ करोड ६४ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २०२.५२ प्रतिशतले बढी हो । यो अवधिमा कम्पनीको कुल दाबी भुक्तानी पनि ह्वात्तै बढेको छ । अघिल्लो आवमा ६ लाख १५ हजार दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।  

कम्पनीको महाविपत्ती कोषको आकार २ लाख १६ हजार,विशेष रिजर्भ २१ लाख ६४ हजार र रिटेन्ड अर्निङ ४ लाख ४३ हजार रहेको छ । कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रहेको छ । कम्पनीले यो अवधिमा ७४ हजार ३६५ वटा बीमा पोलिसी जारी गरेको छ । कम्पनीको दीर्घकालिन लगानी ४६ करोड ८५ लाख र अल्पकालिन लगानी १० करोड २५ लाख रहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.७८ रुपैयाँबाट घटेर ०.१९ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात १.९४ गुणा कायम भएको छ ।  

विसं २०७९ पुस १४ गते दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । आईपीओ निष्कासन गर्नको लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.