बिहीबार, असार १९,२०८२ 09:00:07
  • बिहीबार, असार १९,२०८२ 09:00:07
Global IME Bank Limited

पहलगाम हमलापश्चात पाकिस्तानी सेयर बजारमा हाहाकार, भारतीय बजारको कस्तो छ अवस्था ?

Hyundai Nepal
पहलगाम हमलापश्चात पाकिस्तानी सेयर बजारमा हाहाकार, भारतीय बजारको कस्तो छ अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । भारत र पाकिस्तानबीच बढ्दो तनावको असर दुवै देशको सेयर बजारमा परेको छ । विशेषगरी, अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी हमलापछि पाकिस्तानको वित्तीय बजारमा त्रास फैलिएको छ । यो हमलापछि पाकिस्तानको कैएसई–१०० इन्डेक्स करिब ४ प्रतिशतले घटेको छ ।

यस्तै भारतको सेन्सेक्स भने १.५ प्रतिशतले बढेको छ । यसले दुई देशको अर्थतन्त्र कत्तिको फरक छ र कुन लगानीकर्तामा बढी विश्वास छ भन्ने देखाएको विज्ञहरुले बताएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो । यो हमलाको पछाडि पाकिस्तानी आतंककारीको हात रहेको आरोप लगाइएको छ । घटना पछि, कराची स्टक एक्सचेन्जको केएसई–१०० इन्डेक्स अप्रिल २३ देखि मे ५ को बीचमा ३.७ प्रतिशतले घटेको छ । इकोनोमिक टाइम्सका अनुसार दुवै देशमा मानिसहरु भारत र पाकिस्तानबीच सैन्य कारबाही सुरु हुने त्रासमा छन् ।  

अप्रिल ३० मा पाकिस्तानी सेयर बजार झनै घट्यो । केएसई–१०० परिसूचक ३.०९ प्रतिशतले घट्यो । जुन गिरावट पछिल्ला केही साताकै उच्च थियो । तथापी मे २ मा बजार २.५ प्रतिशतले पुनः बढेपनि विज्ञहरूका अनुसार यो ‘डेड–क्याट बाउन्स’ मात्रै थियो । यसको मतलब बजारमा केही समयको लागि सुधार भएको छ, तर यो टिक्न गइरहेको छैन। भारत–पाकिस्तानबीचको तनाव कम नभएसम्म बजारमा सुधारको आशा कमै हुने विज्ञहरु बताउँछन् ।

अर्कोतर्फ, क्षेत्रीय जोखिमको बाबजुद भारतको बीएसई सेन्सेक्स १.५ प्रतिशतले बढ्यो। ब्रोकरेज फर्म आनन्द राठीका अनुसार सन् २००१ मा संसदमा भएको हमला बाहेक पाकिस्तानसँगको तनावको समयमा भारतको सेयर बजार २ प्रतिशतभन्दा बढी घटेको थिएन । अवस्था बिग्रिए पनि निफ्टी ५० मा ५ देखि १० प्रतिशतभन्दा बढी गिरावट नहुने उनको भनाइ छ ।

मुडीज रेटिङ एजेन्सीले भारतसँग बढ्दो तनावले पाकिस्तानको आर्थिक वृद्धिमा असर पार्न सक्ने चेतावनी दिएको छ । साथै आफ्नो आर्थिक अवस्था सुधार्न खोजिरहेको पाकिस्तानी सरकारलाई पनि बाधा पुग्न सक्छ । मुडीजले यो संकट लामो समयसम्म जारी रहे पाकिस्तानलाई बाहिरी मुलुकबाट पैसा लिन समस्या आउन सक्ने र विदेशी मुद्रा सञ्चितिमा पनि दबाब बढ्न सक्ने बताएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.