काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन ५ हजार ३ सयले बढेको सुनको मूल्य बुधबार पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सयले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन । चाँदी आज प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।