काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज ठूला र धेरै सम्मानित देशसँग प्रमुख व्यापार सम्झौता घोषणा गर्ने बताएका छन्। आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा एक पोस्ट गर्दै ट्रम्पले बिहान १० बजे व्हाइट हाउसमा पत्रकार सम्मेलनमार्फत सम्झौताको घोषणा गर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘भोलि बिहान १० बजे ओभल अफिसमा ठूलो र धेरै सम्मानित देशका प्रतिनिधिहरूसँग एक प्रमुख व्यापार सम्झौताबारे छलफल गर्न ठूलो पत्रकार सम्मेलन हुनेछ। यो धेरै (सम्झौताहरू) मध्ये पहिलो हो ।’
ट्रम्पले कुनै विस्तृत जानकारी दिएका छैनन् र कुन देशको बारेमा कुरा गरेका छन् भन्ने स्पष्ट छैन। ह्वाइट हाउसले पनि ट्रम्पको यो पोस्टको स्क्रिनसट एक्समा सेयर गरेको छ ।