काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले लाभांश घोषणा गरेको छ । वैशाख ३१ गते साँझ ४ः४५ बजे बसेको कम्पनीको सञ्चालक समितिको १४० औं बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ५ अर्बको कुल १०.५२६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश रहेको छ ।
कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सेयरधनीहरुलाई कुनै पनि लाभांश दिएको थिएन ।