बुधबार, असार १८,२०८२ 08:48:29
  • बुधबार, असार १८,२०८२ 08:48:29
Global IME Bank Limited

सिजी मोटर्सले पोखरामा ‘एक्सट्रयाक’ ईभेन्ट आयोजना गर्ने

Hyundai Nepal
सिजी मोटर्सले पोखरामा ‘एक्सट्रयाक’ ईभेन्ट आयोजना गर्ने
Nabil Bank Limited

काठमाण्डौ । सिजी हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’ मा ३ सय भन्दा वढी राईडरहरुको सहभागितामा ‘एक्सट्रयाक’ ईभेन्ट सम्पन्न गरे पश्चात दोश्रो संस्करण पोखरामा जेठ ३१ गते शनिवारको दिन आयोजना गर्ने भएको छ ।  

उक्त ईभेन्टमा मोटरसाईकलप्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।  

ईभेन्टमा सहभागिहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाईकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परिक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चितताका साथै व्यवसायिक मार्शलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ कलाको टेस्ट गर्नुका साथै थप राइडिङ टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

CG Motors
Muktinath Bikas Bank Limited

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने बहुप्रतिक्षित ‘एक्सट्रयाक इभेन्ट’ विहान १० बजेबाट शुरु हुनेछ । यस ईभेन्टमा सहभागिता जनाउन चाहने ईच्छुकहरुले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिष्ट्रेसन गरि आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् । सहभागिताका लागि ईच्छुक राईडरहरुले चालक अनुमतीपत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमा लिएर आउनु पर्नेछ ।  

ईभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाईकल उपलब्ध गराईनेछ । साथै, कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।  

उक्त ईभेन्टको मुख्य उद्देश्य मोटरसाईकलप्रेमी युवा पुस्ताहरुमा मोटरसाईकल संस्कृतिको प्रवद्र्धन गनुका साथै सी.जी. हिरो मोटोकर्पले वजारमा उपलव्ध गराउँदै आएका अत्याधुनिक प्रविधीमा सुसज्जित मोटसाईलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नुपनि हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.