बुधबार, असार १८,२०८२ 07:18:32
  • बुधबार, असार १८,२०८२ 07:18:32
Global IME Bank Limited

एयर इण्डियाको ड्रिमलाइनरसँगै जल्यो जोशी परिवारको सपना

Hyundai Nepal
एयर इण्डियाको ड्रिमलाइनरसँगै जल्यो जोशी परिवारको सपना
Nabil Bank Limited

काठमाण्डौ । २०२५ जुन १२ को दिउँसो भारतको अहमदाबादस्थित सरदार बल्लभभाई पटेल एयरपोर्टमा एउटा परिवार निकै खुसी थियो । भारतीय नागरिक डा. प्रतिक जोशी र श्रीमती डा. कोमी ब्यास आफ्ना तीनजना सन्तानसहित बेलायतको लण्डनमा नयाँ संसार सजाउन जादै थिए । यो खुसीयालीलाई उनीहरुले मोबाइलमा कैद गर्दै सामाजिक सञ्जालमा पोष्ट गरे ।  

केही समयमा आफूहरुमाथि आईपर्न लागेको बज्रपातप्रति अनविज्ञ जोशी परिवार उज्जवल भविष्यको सपना बुन्दै थियो । उनीहरुसहित २४२ जना चढेको एयर इण्डियाको एआई–१७१ विमान टेक अफ गरेको केही समयमै दुर्घटनाग्रस्त भयो । यो बोइङ कम्पनीको ड्रिमलाइजर ७८७ विमान हो । आगोको ज्वालासहित धुँवाको मुस्लोले विमान क्षणभरमै क्षतविक्षत भयो । त्यही आगोको राप र धुँवामा विलिन भयो जोशी परिवार र उनीहरुको सपना ।  

CG Motors
Muktinath Bikas Bank Limited

डा. जोशी विगत ६ वर्षदेखि बेलायतको राजधानी लण्डनमा एक्लै बस्दै आईरहेका थिए । उनले त्यहाँ आफ्नो करियर र भविष्य निर्माण गरेका थिए । अब भने उनी आफ्नो सपरिवारसहित लण्डनमा बसोवास गर्न चाहन्थे । यसका लागि भारतको उदयपुरको प्यासिफक हस्पिटलमा कार्यरत उनकी श्रीमतीले जागिर समेत छाडिन् । दुई दिनअघि मात्रै जागिरबाट राजीनामा दिएकी कोमी ब्यास आफ्ना तीनजना सन्तानसहित बेलायतमा श्रीमानसँग परिवारको भविष्यका लागि नयाँ सुरुवात गर्न उत्साहित थिइन् ।  

उनीहरुका तीनजना सन्तानमध्ये ५ वर्षिय नकुल र प्रद्युत जुम्ल्याहा थिए भने छोरी मिराया ८ वर्षकी थिइन् ।  

विमान दुर्घटनामा सिङ्गो परिवार अस्ताएपछि आफ्न्त ,साथीभाई र सम्पूर्ण भारतनै शोकमा डुबेको छ । उनीहरुले एयरपोटएमा खिचेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । जसले जीवनको नाजुकताका बीच कसरी कठोर रुपमा सपनाहरु विलिन हुन्छन् भनेर झस्काएको छ ।  

एयर इण्डियाको एआई–१७१ विमान उडान भरेको ३२ सेकेण्डमै विमानस्थल नजिकै रहेको सिभिल हस्पिटलको इन्टर्न डाक्टरहरु बस्ने होस्टेलमा ठोकिएको थियो । प्रत्यक्षदर्शीहरुले उचाई लिन असमर्थ भएको विमान अनियन्त्रित भई दुर्घटनामा परेको बताएका छन् । उक्त विमानमा २३० जना यात्रु र १२ जना चालकदलका सदस्यहरु सवार थिए । जोशी परिवार जस्तै अन्य धेरैका लागि यो उडानले जीवनमा नयाँ अध्याय थप्दै थियो । तर दुर्भाग्यवश सबैको सपनाको दर्दनाक अन्त्य भयो ।  

यो दुर्घटनाले विश्वभर शोकको लहर चलेको छ भने नागरिक उड्ययनको सुरक्षाप्रति त्यतिकै चिन्ता समेत उब्जीएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.