बुधबार, असार १८,२०८२ 08:52:12
  • बुधबार, असार १८,२०८२ 08:52:12
Global IME Bank Limited

वाणिज्य बैंकहरुले कमाए रु.४७.७९ अर्ब नाफा, १० वटाको बढ्यो

Hyundai Nepal
वाणिज्य बैंकहरुले कमाए रु.४७.७९ अर्ब नाफा, १० वटाको बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफामा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको खुद नाफा १.६७ प्रतिशतले घटेको छ ।  

चालु आवको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ८१ करोडढ २० लाख रुपैयाँ कम हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा आधा वाणिज्य बैंकको नाफामा सुधार देखिएको छ भने आधाको नाफामा संकुचन देखिएको छ । १० महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकको यो नाफा गत आवको तुलनामा २।५९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, ग्लोबल आइएमईले ५ अर्ब ३५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड, एभरेष्टले ३ अर्ब ९० करोड, नेपाल बैंकले ३ अर्ब २८ करोड, एनएमबी बैंकले २ अर्ब ६२ करोड, प्राइम कमर्सियलले २ अर्ब ५८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड, लक्ष्मी सनराइजले २ अर्ब १५ करोड, सिद्धार्थले २ अर्ब १ करोड, प्रभु बैंकले २ अर्ब १४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ८७ करोड, राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब ७७ करोड, कृषि विकास बैंकले १ अर्ब ७३ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड, सिटिजन्स बैंकले १ अर्ब १८ करोड, हिमालयन बैंकले ६८ करोड ३४ लाख, कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ र एनआइसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा नेपाल बैंक अगाडी रहेको छ ।बैंकले ४५७।१२ प्रतिशतले नाफा ग्रोथ गरेको छ । सो अवधिसम्म १० वटा बैंकको नाफा गत आवको तुलनामा बृद्धि भएको छ ।  

सबैभन्दा बढी नाफा घट्नेमा भने एनआइसी एशिया बैंक रहेको छ । बैंकको नाफा गत आवको तुलनामा ७७।८७ प्रतिशतले घटेको छ।  एनआइसी एशिया बैंकसहित १० वटा बैंकको नाफा गत आवको तुलनामा घटेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.