बिहीबार, असार १९,२०८२ 12:38:46
  • बिहीबार, असार १९,२०८२ 12:38:46
Global IME Bank Limited

इजरायलले जनायो अमेरिकाको युद्धविराम प्रस्तावमा सहमति

Hyundai Nepal
इजरायलले जनायो अमेरिकाको युद्धविराम प्रस्तावमा सहमति
Nabil Bank Limited

काठमाण्डौ । इजरायल सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको जनाएको छ । इजरायली सरकारले एक विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनलाई कडा जवाफ दिने जनाएको छ ।  

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गर्दै इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका थिए । त्यपश्चात जारी अर्को पोस्टमा ट्रम्पले युद्धविराम सुरु भएको र यसलाई उल्लङ्घन नगर्न भनेका थिए । ट्रम्पको घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीको बयान आएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अरघचीले भने, ‘अहिलेसम्म कुनै पनि प्रकारको ुयुद्धविरामु वा सैन्य कारबाही रोक्ने कुनै सम्झौता भएको छैन। तर यदि इजरायली सरकारले इरानी समय अनुसार बिहान ४ बजेदेखि इरानविरुद्धको अवैध युद्ध रोक्छ भने, जवाफी हमलालाई निरन्तरता दिने हाम्रो मनसाय छैन।’

इरानको सरकारी सञ्चारमाध्यमले युद्धविराम सुरु हुनुअघि नै ‘मिसाइलको अन्तिम राउण्ड’ प्रहार गरिएको बताएको छ । इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोमले यस हमलामा चार जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको जानकारी दिएका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.