मंगलवार, असार १७,२०८२ 09:47:44
  • मंगलवार, असार १७,२०८२ 09:47:44
Global IME Bank Limited

मन्जुश्री फाइनान्सले सुरु गर्याे स्मार्ट डिपोजिट,डिजिटल वालेटमार्फत नियमित बचत सम्भव

Hyundai Nepal
मन्जुश्री फाइनान्सले सुरु गर्याे स्मार्ट डिपोजिट,डिजिटल वालेटमार्फत नियमित बचत सम्भव
Nabil Bank Limited

काठमाण्डौ । मञ्जुश्री फाईनाईन्सले खल्तीसँगको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ ।

मन्जुश्री फाईनाईन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ । खल्तीमार्फत् आफ्नो वित्तिय कारोबार गरिरहेका सम्पूर्ण ग्राहक सदस्यहरुले सजिलै मन्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् । यसले वित्तिय संस्थामा गएर खाता खोल्नका लागि खर्चनु पर्ने समय बचत हुनेछ भने वित्तिय कारोबार गर्न झनै सहज हुने विश्वास रहेको मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिलसिनाले बताए ।

CG Motors
Muktinath Bikas Bank Limited

यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिनादेखि ६० महिनासम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा सुरु गरिएको ‘स्मार्ट डिपोजिट जस्तो डिजीटल बचत फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग र्पुयाउने विश्वास छ । यस्ता नविनतम प्रविधिमार्फत प्रदान गरिने सेवा तथा सुविधाले डिजीटल समावेशीकरणलाई बलियो बनाउने र दीगो आर्थिक समृद्धिमा टेवा र्पुयाउन योगदान दिने विश्वास गरिएको छ ।

हाललाई यो स्मार्ट डिपोजिट सुबिधाअन्तर्गत मन्जुश्री खल्ती बचत खातामा वार्षिक ५ प्रतिशत साथै स्मार्ट रिकरिङ्ग खातामा वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.