आईतवार, भाद्र १,२०८२ 12:24:34
IME remit
  • आईतवार, भाद्र १,२०८२ 12:24:34
IME remit
Global IME Bank Limited

लगातार ३ दिन बढ्यो नेप्से, लगानी र लघुवित्त समूहमा आकर्षण

Hyundai Nepal
लगातार ३ दिन बढ्यो नेप्से, लगानी र लघुवित्त समूहमा आकर्षण
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । लगातार तेस्रो दिन बढ्ने क्रममा आज नेप्से परिसूचक १.०९ प्रतिशत अर्थात २८.९१ अंकले बढेर २ हजार ६६०.३९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४४ प्रतिशतले बढेर ४५७.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५७ लाख ६४ हजार कित्ता सेयर ७ अर्ब ३ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,  ‘लामो समय साइडवेज चलेको बजार अब बढ्ने नै हो । राष्ट्र बैंकले जोखिमभार घटाएका कारण समेत बजारमा केही सहजता देखिएको छ । पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता पनि बजार प्रवेश गर्दैछन् ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राष्ट्र बैंकको सर्कुलरले बैंक तथा वित्तीय संस्थालाई सहज भएका कारण बजारमा सुधार देखिने उनले बताए ।  

अर्का बजार जानकार नीमानन्द कंडेलले लगातार ३ दिन बजार बढ्नुले लगानीकर्ताले यसअघिनै ब्याजको जोहो गरिसकेको प्रष्ट भएको बताए । उनले कारोबारको हिसाबले बजारको अवस्था सन्तोषजनक नै रहेको बताए । यद्यपी एक दुई दिनको कारोबारपश्चात मात्रै बजारमो आगमी दिशा स्पष्ट हुने उनको भनाई छ ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात २.३८ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.०९ प्रतिशत, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल ०.५७, हाईड्रो १.३८, जीवन बीमा १.१२,लघुवित्त २.२२, म्युचुअल फण्ड ०.३३, निर्जीवन बीमा १.०५ र अन्य ०.४८ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह आज क्रमशः०.०७ र ०.६१ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४६ करोड १६ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युत कम्पनीको पनि आज ४५ करोड ५५ लाख, बुटवल पावरको २५ करोड ८३ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड २० लाख र युनियन हाईड्रोपावरको २५ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । सामुदायिक लघुवित्त र न्यादी हाईड्रोपावरको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।  

यस्तै बरुण हाईड्रोको सेयरमूल्य ८.४१ प्रतिशत, राप्ती हाईड्रोको ८.३१ र सपोर्ट माईक्रोफाइनान्सको ८.०९ प्रतिशतले बढ्यो ।  

युनिलिभर नेपालको सेयरमूल्य आज सर्वाधिक अर्थात २.१३ प्रतिशतले ओरालो लाग्यो । गार्डियन माईक्रो लाइफको सेयरमूल्य पनि आज १.६९ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको १.४९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.