Bizshala
  • मंगलवार, जेष्ठ १९,२०८३ 04:42:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा दोहोरो अंकको सुधार आउदा फाइनान्स समूहमा चमक, जानकार भन्छन्, ‘अब बजारमा रियल कारोबार देखिन्छ’

Laxmi Sunrise Bank Limited
नेप्सेमा दोहोरो अंकको सुधार आउदा फाइनान्स समूहमा चमक, जानकार भन्छन्, ‘अब बजारमा रियल कारोबार देखिन्छ’
Shivam Cement

काठमाण्डौ । मंगलकार सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.८० प्रतिशत अर्थात २२.२१ अंकले बढेर २ हजार ७७७.५८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५९ प्रतिशतले बढेर ४७३.५१ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब २६ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ ।

Bizshala
New Office
CG Motors

आजको बजारबारे नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसी भन्छन्, ‘लगानीकर्ताहरुले बजेटपछि सेयरबजार बढ्नुपर्ने आशा गरेका थिए । सरकारले पूँजीगत लाभकरण वृद्धि गराएपछि लगानीकर्ताहरु अत्तालिए, जसकारण हिजको बजार झट्का लागेका कारण घट्न पुग्यो । अन्य देशको तुलनामा नेपालमा पूँजीगत लाभकर सस्तो भएपनि बढाउनुअघि सरकारले एकपटक सरोकारवालाहरुसँग छलफल गरेर वृद्धि गरिदैछ भन्ने सूचना गर्नुपर्थ्यो ।’

उनले थपे, ‘एकैपटक पूँजीगत लाभकर वृद्धि हुँदा लगानीकर्ताको मनोबलमा ठेस पुगेको देखिएको छ । एक हिसाबमा कर वृद्धिले बजारमा स्वच्छता पनि पैदा गर्न सक्छ । यसअघि सस्तो कर भएकै कारण बजारमा छेडखानी हुने वा छिटो छिटो सेयर बेचिहाल्ने हुन्थ्यो अब त्यस्ता गतिविधि कम हुन सक्छ । पूँजीगत लाभकरको विषय विवादास्पद विषय थियो अब यो फाइनल भइसकेको छ । अब बजारमा रियल कारोबार हुने देखिन्छ, यसकारण बजारले विस्तारै गति लिन सक्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सार्वधिक चमक देखियो । यो समूह आज ६.०३ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.४१ प्रतिशत, विकास बैंक ०.५९, होटल ०.१२, हाईड्रो ०.६१, लगानी ०.२०, जीवन बीमा ०.२७, लघुवित्त ०.४०, म्युचुअल फण्ड ०.२९, निर्जीवन बीमा १.०२, अन्य ३.८४ र व्यापार समूह १.१३ प्रतिशतले बढ्यो ।

आज घट्ने एउटा मात्रै समूहको रुपमा उत्पादन तथा प्रशोधन समूह रह्यो । यो समूह आज ०.४२ प्रतिशतले घट्यो ।

Garima Development Bank
Shivam Cement
Bizshala

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ४६ करोड ७६ लाख बढीको सेयर कारोबार भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ७८ लाख, रिडी पावरको २६ करोड ५ लाख, सेन्ट्रल फाइनान्सको २२ करोड २९ लाख र हिमालयन रि इन्स्योरेन्सको १५ करोड ३५ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज कालिञ्चोक हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै सेन्ट्रल फाइनान्सको सेयरमूल्य १३.६७ प्रतिशत, क्रेष्ट माइक्रो इन्स्योरेन्सको १०.५७, नेपाल पुनर्बीमा कम्पनीको ९.४४ र गोर्खाज फाइनान्सको सेयरमूल्य ९.२६ प्रतिशतले बढ्यो ।

यो दिन बुङ्गल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.४९ प्रतिशतले घट्यो । झापा इनजीैको सेयरमूल्य पनि आज ४.१९ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ३.०१ प्रतिशतले घट्यो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.