मंगलवार, असार १७,२०८२ 10:14:39
  • मंगलवार, असार १७,२०८२ 10:14:39
Global IME Bank Limited

मन्जुश्री फाइनान्सको अधिकांश सूचक खराब,खुद ब्याज आम्दानीमा भने वृद्धि

Hyundai Nepal
मन्जुश्री फाइनान्सको अधिकांश सूचक खराब,खुद ब्याज आम्दानीमा भने वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । मन्जुश्री फाइनान्सको मुनाफामा गिरावट आएको छ । कम्पनीले जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २२.४७ प्रतिशतले घटेको हो ।  

कम्पनीले समिक्षा अवधिसम्म १० करोड ५४ लाख ७१ हजार रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्म कम्पनीको खूद मुनाफा १३ करोड ६५ लाख २९ हजार रुपैयाँ थियो ।  

 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको ईम्पेयरमेन्ट चार्जमा व्यापक वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो चार्ज ४००८.४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २३ लाख ९३ हजार रहेको कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेर ९ करोड ८३ लाख १४ हजार रुपैयाँ पुगेको छ ।  

इम्पेयरमेन्ट चार्ज बढ्दा यसको प्रभाव कम्पनीको वितरणयोग्य मुनाफामा परेको छ । कम्पनीकोे वितरणयोग्य मुनाफा २ करोड ५६ लाख ५५ हजार रुपैयाँले ऋणात्मक बन्न पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ करोड २० लाख ३५ हजार रुपैयाँ थियो ।  

कम्पनीको खराब बर्जा अनुपात पनि बढेर ३.५० प्रतिशत पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म यो अनुपात २.०२ प्रतिशतमा सीमित थियो ।  

वित्तीय संस्थाको कोर बिजनेशको रुपमा हेरिने ब्याज आम्दानीमा भने कम्पनीले सुधार गरेको छ । अघिल्लो आव ९८ करोड ८७ लाख २२ हजार रहेको कम्पनीको खुद ब्याज आम्दानी बढेर १ अर्ब १३ करोड ८८ लाख ४ हजार रुपैयाँ पुगेको छ ।  

समिक्षा आवसिम्म कम्पनीको प्रति सेयर आम्दानी १५.६१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३४.२१ गुणा,तरलता अुपात २८.४३ गुणा र प्रति सेयरमूल्य १५४.२७ रुपैयाँ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.