मंगलवार, असार ३१,२०८२ 08:12:21
  • मंगलवार, असार ३१,२०८२ 08:12:21
Global IME Bank Limited

माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर प्रदान

Hyundai Nepal
माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर प्रदान
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले काठमाण्डौ महानगरपालिका–७,कुमारीगाल स्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग स्वरुप हस्तान्तरण गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  असार ३१ गते उक्त सहयोग विद्यालयलाई हस्तान्तरण गरेको हो ।  

Muktinath Bikas Bank Limited

सामग्री हस्तान्तरण समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद नेपाललाई सामग्री हस्तान्तरण गरे ।  

विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयलाई छनोट गरी प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै, उनले सामुदायिक शैक्षिक अवस्था प्रवद्र्धन गर्ने यस्ता पहलहरुलाई निरन्तरता दिदै जाओस् भन्ने अपेक्षा व्यक्त गरे ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.