काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले साउन महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।
बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो ।
साउन महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४.५० प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत, २ वर्ष र ३ वर्षभन्दा तलका लागि ५.७५ प्रतिशत ३ वा सो भन्दा ६ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।
संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.२५ र २ वर्षदेखि ३ वर्ष मुनिका लागि ४ प्रतिशत र ३ वर्ष वा सो भन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।