काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसएएनभीआई’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ८८ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणहरुमा वितरण गरेको कुल ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको कुल ५० लाख १० हजार कित्ता सेयर गरी कुल ८८ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
उक्त सेयर अब आइतबारदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले सो कम्पनीलाई पहिलो कारोबारको लागि १२०.७४ रुपैयाँदेखि ३६२.२२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।