काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.०३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२१ रुपैयाँ र बिक्रीदर १३७.८१ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५९.१२ रुपैयाँ र बिक्रीदर १५९.८१ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८४.०५ रुपैयाँ र बिक्रीदर १८४.८६ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४२ रुपैयाँ र बिक्रीदर ३७.५८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१४ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३६ रुपैयाँ र बिक्रीदर ३२.५० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७० रुपैयाँ र बिक्रीदर ३७.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८७ रुपैयाँ र बिक्रीदर ९.९१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.५१ रुपैयाँ र बिक्रीदर ४५१.४८ रुपैयाँ कायम भएको छ ।