काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडद्वारा निर्माण गरिएको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन सुरु भएको छ ।
५.२ मेगावाट क्षमताको यो आयोजनाको आवश्यक सम्पूर्ण परीक्षण पश्चात असार ११ गते मध्यान्न १२ बजेदेखि कायम हुने गरि आयोजनाको व्यापारिक उत्पादन मिति (सीओडी) कायम भएको छ ।