आईतवार, श्रावण ४,२०८२ 06:48:43
  • आईतवार, श्रावण ४,२०८२ 06:48:43
Global IME Bank Limited

एनभिडियाको सेयर धमाधम बिक्री गर्दै सीईओ हुवाङ, ६० लाख कित्ता बेच्ने योजना

Hyundai Nepal
एनभिडियाको सेयर धमाधम बिक्री गर्दै सीईओ हुवाङ, ६० लाख कित्ता बेच्ने योजना
Shivam Cement

काठमाण्डौ । अमेरिकी टेक कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जानसेन हुवाङले एकैपटक ७५ हजार कित्ता सेयर बिक्री गरेका छन् । हुवाङले कम्पनीको १२.९४ मिलियन डलरबराबरको ७५ हजार कित्ता सेयर बिक्री गरेको युएस सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले जनाएको छ ।  

यो बिक्री हुवाङले गत मार्च महिनामा अपनाएको योजनाको हिस्सा हो । हुवाङले कम्पनीको ६० लाख कित्ता सेयर बिक्री गर्ने योजना बनाएका छन् । गत सातापनि उनले ३७ मिलियन डलरबराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेका थिए ।  

Muktinath Bikas Bank Limited

एआईको मागमा आएको उछाल र ग्राफिक्स प्रोसेसिङ युनिटको व्यवसायमा देखिएको सुधारका कारण हुवाङको सम्पत्ति वृद्धि हुनुका साथै एनभिडियाको बजार पूँजीकरण ४ ट्रिलियन डलर नाघेको छ । यसले कम्पनीलाई विश्वकै मूल्यवान कम्पनी बनाएको छ ।  

ट्रम्प प्रशासनले निर्यातका लागि अनुमति दिने बताएसँगै एनभिडियाले गत साता चीनमा छिट्टै एच२० चिपको बिक्री पुनःसुचारु गर्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले चिनियाँ बजारमा चीप निर्यात गर्न एनभिडियालाई विशेष अन्ुमतिको आवश्यकता पर्ने बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.